मनोरञ्जन

तस्बिरमा हेर्नुहोस् बलिउडका ७ मोटी नायिकाको ‘सेक्सी’ फिगर यात्रा

तस्बिरमा हेर्नुहोस् बलिउडका ७ मोटी नायिकाको ‘सेक्सी’ फिगर यात्रा

एजेन्सी- बलिउडका केहि मोटी नायिकाको जो निकै मेहनले हाल स्लिम बनेका छन् जसको अझैपनि निकै चर्चा हुनेगर्छ । कतपय नायिकाले त यती सम्मका ज्यान घटाएकी दर्शकलाइ पत्याउनै मुश्किल भयो । हामी तिनै सेक्सी फिगर बनाएका बलिउडका ६ नायिकाबारे चर्चा गर्दैछाैँ ।

नायिका भूमी पेद्नेकरले शरिरको तौलमा ल्याएको परिवर्तनले बलिउडमा धेरैलाई चकित बनायो। ‘दम लगाके हैसा’बाट बलिउडमा डेब्यु गरेकी उनी फिल्ममा भद्दा अवतारमा देखिएकी थिइन्। फिल्म सकिए लगत्तै उनले आफ्नो शरिरको २७ किलोग्राम तौल घटाएकी थिइन्। अहिले उनलाई पातलो रुपमा देख्नेहरु मिहेनतको तारिफ गरिरहन्छन् ।

आलिया भट्टको सेक्सी लुक्स चर्चामा छ। फिल्म डेब्यु अघिको उनकै फिगर जिरो हैन टुनटुन थियो। फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा लगभग जिरो फि-गरमा उनलाई देख्दा धेरै छक्क परे।


करिना कपूर जिरो फिगर बनाएको कारण चर्चामा आइन्। उनले पनि लामो कसरत पछि शरिरको तौल घटाएकी थिइन्। योगा र डाइटले आफ्नो शरिर घटेको बताउने उनी एक समय ७० केजीसम्म पुगेकी थिइन्।


सारा अलि खान पहिला निकै मोटि थिइन् । उनि पहिला ९६ किलोको मोटी रहेको बताएकी छिन् । उनले पहिला पढाइमा मात्र ध्यान दिदा यसरी मोटाएको र कडा ब्यायम गरेर ताैल घटाएको बताएकी छिन् ।


९० किलो रहेकी सोनम कपूरको तौल अहिले ६० किलो मात्र छ। अहिले पनि ‘मोटी’ भनेर चिनिने अभिनेत्री हुन् सोनाक्षी सिंहा।
उनले फिल्म दबङ्ग पछि २६ किलो तौल घटाएकी थिइन्।

त्यस्तै अर्की सुन्दरी परिणिती चोपडाले आश्चर्यजनकरुपमा शरिरको तौल घटाएर कोक फिगरमा आएकी छिन्। उनको पनि हाल सुन्दरता र फिगरको निकै चर्चा हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७