राजनीति

पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’- देउवा

पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’- देउवा

पोखरा, १९ फागुन- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पदको लोभ नभएको बताएका छन् । तर, टाउकोमा आईहालेचाँहि नभाग्ने भन्दै प्रधानमन्त्री बन्नैपर्ने भए स्विकार्ने बताएका छन् । आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

देउवाले आफू यो कुरा गर्न नआएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि यो विषयमा बोलेको पनि बताएका छन् । उनले
रामचन्द्र पाैडेललाइ भने- ‘अरु पार्टीको भन्दा आफ्नै पार्टीको बन्दा नै फाईदा होला, तपाई अरु होउन, शेरबहादुर हुँदै हुँदैन भनेको बुझियो, त्यस्तो सानो चित्त नगर्नुहोस रामचन्द्रजी । ठूलो हृदय राख्नुहोस् । रामचन्द्रजीको चित्तै सानो छ ।”

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७