मनोरञ्जन

३४ बर्षकी पुगिन् श्रद्धा, हेराैँ उनका केहि सुन्दर तस्बिर

३४ बर्षकी पुगिन् श्रद्धा, हेराैँ उनका केहि सुन्दर तस्बिर

मुम्बई – बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं मानिसको दिलको धड्कन बन्न सफल छिन् ।

श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘लवका द इन्ड’ अभिनय गरिन् । फिल्ममा उनले टीन एजरको भूमिका निर्वाह गरेकी थिइन् । श्रद्धा २०१३ मा मोहित सुरीको फिल्म ‘आशिकी २’मा पनि देखिएकी थिइन् । यो फिल्मको भूमिकाबाट उनी रातारात स्टार बनिन् ।

यस फिल्मको गीत समेत सुपरहिट साबित भएका थिए । श्रद्धा ‘एक विलेन’, ‘ओके जानु’, ‘हाफ गल्फ्रेण्ड’, ‘बागी’ जस्ता फिल्मका अभिनेत्री पनि हुन् । श्रद्धा अभिनेत्रीको अलवा राम्रो डान्सर पनि हुन् । श्रद्धा कहिल्यै पनि पर्सन लाइफको कारणले चर्चामा नआउने अभिनेत्रीमा समेत पर्छिन् ।

उनी नेपालीमुलका फोटोग्राफर रोहन श्रेष्ठलाई डेट गरिरहेको अहिले चर्चा छ । दुवैको अर्काेसँग लामो चिनजान हो । अहिले उनीसँग ‘स्त्री २’ र ‘नागिन’ जस्ता फिल्म साथमा छन् । श्रद्धा ‘लव रन्जन’ फिल्ममा रणवीर कपुरका साथ पनि देखिनेछिन् ।

यसैक्रममा उनका केहि ताज तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७