समाचार

नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा, ओभानो रहेनन् कसैका आँखा (७ तस्विर)

नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा, ओभानो रहेनन् कसैका आँखा (७ तस्विर)

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परी घा-इते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार छन् ।

उनको मृत्युपछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदर्शन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्का जाम खुलेको हो ।

शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृत्युपछि आज कोहलपुर सोकमा डुबेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घटनाले निकै दुखि तुल्याएको बताएका छन् ।

उनको मृत्युपछि श्रीमती पनि अस्पतालमै पुगेर शाहीलाइ अंगालो हालेर भक्कानो छोडेर रोएकी थिईन जुन दृश्य निकै हृदयबिधारक थियो । जुन दृश्य देख्दा न रुने र आखा बाट आँशु नझार्ने कोहि थिएनन ।
हेर्नुहोस केहि तस्विरहरु :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७