अर्थ

मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदै दुर्गा प्रसाई

मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदै दुर्गा प्रसाई

झापास्थित बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफूलाई मार्सी भनेर बदनाम गरिएकाले अब त्यसैलाई व्यापारमा परिणत गर्ने बताएका छन्।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित आफ्नो घरमा जुम्ली मार्सी चामलको भात खाएपछि बदनाम गर्न केही मिडियाकर्मी र राजनीतिक दलका नेता कार्यकर्ता लागेको आरोप उनले लगाएका छन्।

‘मलाई अनेक नामले बदनाम गरे’, उनले भने, ‘अब चाँडै मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदैछु।’

‘मार्सी चामलको भात खाँदै गरेको फोटो सार्वजनिक भएपछि मलाई मार्सी, माफिया, डन आदि उपनाम राखेर मेरो बदनाम गरियो’, उनले भने, ‘मेरा अगाडि, पछाडि अनेक नाम जोडेर पत्रकार र राजनीतिज्ञले पनि भात पानी छाडेर लागे।’

उनले दुनियाँमा सबैभन्दा गाली सत्य बोल्नेले खेप्नु पर्ने बताए। ‘मलाई अनेक नामले बदनाम गरे’, उनले भने, ‘अब चाँडै मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिंक ल्याउँदैछु।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७