विचित्र संसार

१५० वर्ष पुरानो घर भत्काउँदा भेटियो थोत्रो भाँडो, भाँडो भित्रको चीजले बनायो चकित

१५० वर्ष पुरानो घर भत्काउँदा भेटियो थोत्रो भाँडो, भाँडो भित्रको चीजले बनायो चकित

इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्काउँदा निकै आश्चर्यजनक कुरा फेला परेको छ । यहाँको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै थियो । गत बुधबार भत्काउने टिमका सदस्यहरु त्यतिबेला चकित परे जब उनीहरुले भजनको अवशेषमा एउटा वर्षौं पुरानो भाँडो देखे । भाँडो हेर्दा उनीहरु अझै दंग परे जब त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।

यो ठाउँलाई अब खजानाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्खनन गर्ने भएको छ । यहाँ कडा सुरक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएटरमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन । किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुलनीय छ र यो निकै बहुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो । एजेन्सी

योपनि – नायिका स्वस्तिमा खड्काको पारिश्रमिक कति ?

नायिका स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन्। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्। नेपाल र भारतमा छायाँकन हुने उक्त चलचित्रमा स्वस्तिमा डेब्यू गर्न लागेकी हुन्।

काठमाडौंमा निर्माण टिम र स्वस्तिमाबीच सम्झौता भएको छ। चलचित्र निर्माण टिम नेपालमा कलाकार र लोकेसन हेर्नका लागि नेपालमा छ। स्वस्तिमाले सामाजिक सञ्जालमार्फत् पनि समझौता गरिएको प्रष्ट पारेकी छिन्। यसअघि साउथ चलचित्रमा अभिनय गर्नेबारे केही कुरा नभएको बताएकी थिइन्। सम्झौता गर्दै स्वस्तिमाले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने बताइन्। चलचित्रको छायाँकन चैत पहिलो हप्ताबाट शुरु हुनेछ।

नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायाँकन हुनेछ। दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाजसँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको हो। अन्नयाका प्रमुख निर्माता सरोज न्यौपानेले स्वस्तिमासँग महँगो पारिश्रमिकमा सम्झौता गरिएको जानकारी दिए।

कति पैसामा सम्झौता गरियो भन्नेबारे खुलाउन नमिल्ने बताए। यो चलचित्र नेपाली, हिन्दी, दक्षिण भारतीयलगायतका थुप्रै भाषामा निर्माण गरिनेछ। उक्त चलचित्रमा भारतीय कलाकारहरू विविन जर्ज, जोनी एन्टिवानी, धर्मजन बोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७