समाचार

व्यापारी मृत्यु प्रकरणः घटनाको कारण युवती

व्यापारी मृत्यु प्रकरणः घटनाको कारण युवती

पोखरा । कैलालीमा चार दिन अघि मृत फेला परेका युवकको घटनामा युवती सहित ६ जना प्रहरीको अनुसन्धानमा परेका छन् । गोदावरी नगरपालिका–५ का व्यापारी शिवचरण राना मृत फेला परेका थिए ।

प्रहरीले अनुसन्धानको दायरा साँगुरो बनाएको जनाएको छ । अहिले ६ जना अनुसन्धानमा रहेको प्रहरीको भनाई छ । कैलालीको गोदावरी नगरपालिका–५ निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै युवक मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो। अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगिएको थियो ।

पक्राउ परेका ६ जनामा केही युवती समेत रहेको बताएपनि प्रहरीले कति जना युवती भन्ने खुलाएको छैन । उनीहरुलाई उच्च निगरानीमा राखेर हामीले अनुसन्धान गरिरहेका छौँ। सम्भवत २ दिनभित्रै निष्कर्षमा पुग्छौँ होला’ प्रहरी नायव उपरिक्षक शाहीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानवाट घटना युवतीसंग सम्बन्धीत रहेको खुलेको छ । गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना मृत फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७