विशेष सामाग्री

यी फिल्मस्टार जसले गरे ‘८० अर्ब ४० करोड’ सम्पत्ति दान दिने घोषणा

यी फिल्मस्टार जसले गरे ‘८० अर्ब ४० करोड’ सम्पत्ति दान दिने घोषणा

एउटा रिल हिरो जो आफ्नो सम्पूर्ण सम्पती दान गर्ने तयारी गर्दै रियल हिरोको रुपमा देखापरेको छ ।

क्राउचिङ टाइगर, हिडन ड्र्यागनका स्टार चाउ युन फ्याट, ६३ वर्षे नायकले आफ्नो सात सय १४ मिलियन डलर अर्थात् ८० अर्ब ४० करोडको सम्पत्ति दान नै दिने योजना सार्वजनिक गरेका छन् ।

गत हप्ता हङकङको मुभी साइट जेन स्टारसँगको अन्तर्वार्तामा आफू सबै सम्पत्ति दान दिने योजनामा भएको उनले घोषणा गरेका हुन् ।

उनले उक्त साइटलाई भने, ‘मेरो सपना खुसी र साधारण व्यक्ति हुनु हो,’ र ‘जीवनमा सबैभन्दा गाह्रो काम भनेको पैसा कमाउनु होइन । वास्तवमा दिमाग र मनलाई शान्त बनाउनु र बाँकी जीवन साधारण र स्वतन्त्र भएर बाँच्नु निकै गाह्रो कुरा हो ।’

चाउले उक्त साइटलाई आफूले महिनामा एक सय दुई डलर खर्च गर्ने जानकारी दिए । साथै उनले १७ वर्षसम्म नोकियाको साधारण मोबाइल सेट चलाएको जुन फुटेपछि नयाँ फोन किन्न बाध्य भएको उनले बताए ।

‘म अरुका लागि ड्रेसअप गर्दिनँ,’ उनले जेन स्टारलाई भने । ‘मलाई सहज हुने र सुहाउँदो छ भने मजस्तो सुकै लुगा पनि लगाउँछु ।’

चाउले भने, ‘यी पैसा मेरा होइनन् । यसलाई केही समयका लागि सुरक्षा मात्र दिएको हुँ,’ आफ्नो सबै सम्पत्ति दान दिने कारण खुलाउँदै उनले भने ।

चाउ चीनमा निकै चर्चित छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal