मुख्य समाचार

प्रवीण बास्तोला मृत्यु प्रकरण: १ लाख धरौटीमा छुटे घरबेटी

प्रवीण बास्तोला मृत्यु प्रकरण: १ लाख धरौटीमा छुटे घरबेटी

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा पक्राउ परेका एक जना धरौटीमा छुटेका छन्।उर्लाबारी–६ का रमेश गिरीलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् ।

गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबाार उर्लाबारीबाट पक्राउ गरेका थियो। गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात बास्तोलाको गत पुष ५ गते शव भेटिएको थियो।

प्रहरीले प्रवीनको ह त्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल फरार छन्।

जिल्ला सरकारी वकिल कार्यालयले उनीसँग डेरामा बसेका साथीहरुले ह त्या गरेको दाबीसहित घरबेटी गिरी, मृत्युको अघिल्लो रात प्रवीण र उनका साथीहरुले सँगै म दिरा सेवन गरेको सौरभ होटल सञ्चालक कुमार राईसहित ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७