फोटो फिचर

राजकुमारी अवतारमा साम्राज्ञीको ‘हटपोज’ (फोटो फिचर)

राजकुमारी अवतारमा साम्राज्ञीको ‘हटपोज’ (फोटो फिचर)

पोखरा- नेपाली सिने क्षेत्रमा एउटा चर्चित नाम हो साम्राज्ञी राज्यलक्ष्मी शाह । बि स २०५२ मंसिर २ गते काठमाडौंमा जन्मिएकी साम्राज्ञी पछिल्लो समय बिभिन्न कारण चर्चामा छिन् । यसअघि चलचित्रमा गरेको अभिनयले चर्चामा रहेकी उनि कहिले नायक भुवन केसीसँगको लफडाका कारण त कहिले प्रेमका कारण चर्चामा रहिन् ।

बिभिन्न बिवाद, गसिप र फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । उनको पछिल्लो समय ब्रेकअपले चर्चा पाएको छ । हाल प्रेमी देवांशुसँगको ब्रेकअप पछि उनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै हट अवतारमा देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७