विचित्र संसार

मान्छे गाडिएको आशंकापछि खोजी गर्दा जे भेटियो प्रहरी नै चकित !

मान्छे गाडिएको आशंकापछि खोजी गर्दा जे भेटियो प्रहरी नै चकित !

एजेन्सी – कहिले काँही अनावश्यक शंकाले मानिसलाई दुख दिने गरेको हुन्छ । हालै बेलायतमा त्यस्तै भएको छ । प्रहरीलाई मानिसको शव फेला परेको भन्दै महिलाले फोन गरिन् ।

बेलायती शहर गेट्सहेडमा प्रहरी चौकीमा महिलाको फोन आएपछि खोजी गर्न प्रहरी घटनास्थलमा पुगे । शव गा’डिएको आशंका गरिएको ठाउँमा खनेर प्रहरीले हेरे । तर जे भेटियो प्रहरी नै चकित् परे ।

ठ्याक्कै मान्छेको औंला जस्तो देखिएको त्यो बस्तु बास्तवमा आलु फलेको रहेछ । गत हप्ताको मंगलबार बिहानै कुकुरलाई साथमा लिएर मर्निङवाक जाँदै गर्दा एक महिलाले मान्छेको खुट्टाको बुडीऔंला जस्तो हिलोमा गा’डिएको देखिन्। उनले त्यहाँ मान्छेलाई गा’डिएको भन्दै प्रहरीलाई खबर गरिन् । प्रहरीलाई उनले तस्बिर समेत पठाइन्। तर प्रहरीले गएर अनुसन्धान गर्दा उक्त बुडीऔंला देखिने बस्तु आलु भएको पत्ता लागेको हो ।

आलुमा च्याउ फल्न लागेकाले त्यो ठ्याक्कै मान्छेको बुडीऔंला जस्तो देखिएको रहेछ। यद्यपी नर्थअम्बरियाका प्रहरीले ती महिलाले राम्रो काम गरेको बताएका छन्।

यो पनि- घरमा लगाउनुस् यी बिरुवा,धन लाभको साथै शान्ति तथा गुडलक प्राप्त हुनेछ
ज्यो. जीवन पौडेल

घरमा बोटबिरुवा लगाउनाले हरियाली त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । तर घरमा कस्ता बोटबिरुवा हरु मात्र लागाउन पर्दछ भन्ने कुरामा भने जानकारी हुनु आवश्यक हुन्छ । आज हामी वास्तु शास्त्रको हिसाबले घरमा कस्तो बिरुवा लगाउन सकिन्छ भन्ने बारेमा तपाईहरुलाई जानकारी दिनेछौँ ।

-लिलिको बिरुवाः

लिलिको बारेमा त तपाईहरुलाई थाहा नै छ होला, यसलाइ घरमा राख्नु अत्यन्त राम्रो र शुभ मानिन्छ यसले घरमा शान्ति को माहोल बानाउँछ यसैले यो बिरुवालाइ बैठक कोठमा वा ध्यान गर्ने कोठामा राख्नु उचित मान्निछ ।

-बाम्बुको बिरुवाः

हरियो रगंको यो बिरुवालाई रातो धागोले बाँधेर घर वा अफिसमा राख्न् उचित मानिन्छ , यसले आर्थिक स्थिति बलियो बनाउनुको साथसाथै परिवारको सदस्यको आयुमा बृद्धि हुन्छ, यो बिरुवा जुन गमलामा वा डालिमा लगाउनु हुन्छ त्यसमा पानी या ढुँगा राख्न नर्बिसिनुहोला ।

-रबर प्लान्टसः

यो बिरुवा लाइ त्यस ठाउँमा राख्नु उचित मानिन्छ जहाँ धन सम्पति राखिन्छ , यो बिरुवालाइ धन बृद्धि को प्रतिक मानिन्छ यसैले यसलाई व्यावसाय लगानी गरेको ठाउँमा या अफिसमा राख्नु उचित मानिन्छ ।

-जेड प्लान्टसः

बिरुवालाइ पनि एकदमै शुभ बिरुवा मानिन्छ यसलाइ कार्यस्थलमा राख्नाले धन लाभ हुनुको साथसाथै सुख र समृद्धि पनि प्राप्त हुन्छ, यो बिरुवालाई ढोकाको छेउमा लगाउनु राम्रो मानिन्छ तर यो बिरुवा एक मिटर भन्दा लामो हुनुहुदैन ।

-चाइनिज फुलः

फेंगशुई को अनुसार चाइनिज फुल नयाँ सुरुवात को प्रतिक मानिन्छ यसलाई घरमा लगाउनाले सुख समृद्धि प्राप्त हुन्छ , खासगरी यो बिरुवाले बैबाहिक जिवनमा खुसियाली ल्याँउछ त्यसैले यसलाई घरको बैठक कोठामा या किचनमा लगाउनु राम्रो मानिन्छ ।

– तुलसी

तपाईको घरमा कुनै पनि नकारात्मक उर्जा छ भने यो बिरुवाले उक्त उर्जा हटाइ सकारात्मक उर्जा दिन्छ । बैज्ञानिक हिसाबले पनि तुलसीलाई अक्सिजनको स्रोत मानिन्छ त्यसैले यो बिरुवा घरको लागि अत्यन्त शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७