मनोरञ्जन

यी १० बलिउड कलाकारः जो निजी जेटमा यात्रा गर्छन् (फोटो फिचर)

यी १० बलिउड कलाकारः जो निजी जेटमा यात्रा गर्छन् (फोटो फिचर)

मुम्बई– बलिउड कलाकारले आफ्नो चमक–धमक अनस्क्रिनमा जति देखाउछन्, उती नै उनीहरुको वास्तविक जीवनमा पनि देखिन्छ । केही कलाकारको आफ्नै जेट छ । उनीहरु कहिँ कतै टाढा यात्रामा निस्कनुपर्दा यही जेटलाई प्रयोग गर्छन् ।

एबीपी न्यूजका अनुसार बलिउडका ‘लखन’का रुपमा परिचित अभिनेता अनिल कपूरले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । यी अभिनेताको आफ्नै जेट छ । उनी कैयौं पटक आफ्नो जेटमा घुम्न निस्किएका छन् ।

अभिनेता सलमान खान एक स्टाइलिस प्राइभेट जेटका मालिक हुन् । उनी आफ्नो अधिकांश फिल्मको सुटिङमा जाँदा यो जेट प्रयोग गर्छन् ।

बलिउडका ‘रोमान्स किङ’ शाहरुख खानको पनि एउटा निजी जेट छ । जुन जेटमा प्रायः आफ्ना सहकर्मी कलाकारलाई लिएर हिँड्छन् ।

अभिनेत्री शिल्पा सेठ्ठी ९० को दशकमा हिट फिल्म दिने अभिनेत्रीको सूचीमा पर्दछिन् । यी अभिनेत्रीले पनि निजी जेट किनेकी छन् । उनी प्रायः बिदा मनाउन देश बाहिर निस्कँदा यही जेटको प्रयोग गर्छिन् ।

बलिउडदेखि हलिउडसम्म आफ्नो पाइला चालिसकेकी अभिनेत्री प्रियंका चोपडा बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । यी अभिनेत्रीको पनि निजी जेट छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७