मुख्य समाचार

निःशुल्क पढाउने भन्दै ल्याइएका बिपन्न बालबालिकाहरूलाई यातना दिने एक जना पक्राउ

निःशुल्क पढाउने भन्दै ल्याइएका बिपन्न बालबालिकाहरूलाई यातना दिने एक जना पक्राउ

पोखरा- बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । यही फागुन १५ गते यस जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की मादी गाँउपालिका वडा नं.६ बस्ने ४५ बर्षको ईन्द्र बहादुर थापालाई पक्राउ गरेको हो ।

निजले कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकालाई नि:शुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनि आश्वासन दिई ल्याईएका बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता प्र.ना.उ. सुवास हमालले हिमालय दैनिकलाई जानकारी दिए ।

उक्त बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखीएको साथै निजहरुको घर ठेगाना र अभिभावकको खोजीकार्य भईरहेको छ। भने निजलाई बालबालिका सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भईहेको प्रवक्ता हमालले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७