मनोरञ्जन

आयुष्मानसँग माल्दिभ्समा प्रियंकाको ‘डबल सेलिव्रेसन’ [फोटो फिचर]

आयुष्मानसँग माल्दिभ्समा प्रियंकाको ‘डबल सेलिव्रेसन’ [फोटो फिचर]

नायिका प्रियंका कार्कीले माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी छिन् । श्रीमान आयुष्मान देशराज जोशीसँग प्रियंकाले त्यहाँ ३४ औं जन्मदिनसँगै फस्ट म्यारिज एनिभर्सरी पनि मनाएकी हुन् ।

प्रियंकाले गत सालको जन्मदिनमा प्रेमी आयुष्मान जोशीसँग बिबाह गरेकी थिइन् । वर्थ डे र म्यारिज एनिभर्सरी मनाउन आयंका जोडी गत साता माल्दिभ्स गएका थिए ।

थ्रि लभर्स फिल्मबाट अभिनय यात्रा सुरु गरेकी प्रियंका कार्की छोटो समयमा चर्चामा पुग्न सफल नायिका हुन् । ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ जस्ता सफल सिरिजका प्रियंका हिस्सेदार हुन् ।

यतिबेला भने प्रियंका होम प्रोडक्सनका प्रोजेक्टमा व्यस्त छिन् । वेभ सिरिज सँगै प्रियंका सर्ट फिल्म निर्माण गर्दैछिन् । प्रियंका र आयुष्मान मिलेर बसन्त नामक सर्ट फिल्म निर्माण गरेका छन् ।

नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडिसम्म नम्बर १ स्थान ओगटेकी यी सुन्दरीको अहिले क्रेज खस्किएको छ । तर, सामाजिक संजालमा उनको लोकप्रियता भने घटेको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७