समाचार

सामाजिक अभियान्ता शरिन ख्युङ्वा तामाङले महिलासंग नै गरिन् दोस्रो बिहे

सामाजिक अभियान्ता शरिन ख्युङ्वा तामाङले महिलासंग नै गरिन् दोस्रो बिहे

काठमाडौं- समाजसेवी सामाजिक अभियान्ता महिला शरिन ख्युव्वा तामाङले महिलासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार विवाह बन्धनमा बाधिएकी हुन् ।सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् भने फेसबुकमा व्यापक चर्चा चलिरहेको छ।

उनले लामो समयपछि आफू समलिं-गी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग नि’कट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् ।तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो ।

‘मलाई पनि बोलाइएको थियो, म त र-क्सी ल’गेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।समलिं-गी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७