समाचार

दुर्गा प्रसाईंले ६ सय करोडमा लगानीमा बनाए क्यान्सर अस्पताल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

दुर्गा प्रसाईंले ६ सय करोडमा लगानीमा बनाए क्यान्सर अस्पताल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

झापाको विर्तामोडमा दुर्गा प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए।

बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ। उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने प्रसाईँले बताए।

बीएण्डसी अस्पतालका निर्देशक प्रा.डा.उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै नमूना अस्पताल भएको बताए। क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले अब नेपालीले विदेश धाउनु नपर्ने उनले बताए।

अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको बताइएको छ । तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा रु ६०० करोड लगानी भएको प्रसाइँले जानकारी दिए। अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७