मनोरञ्जन

आज नायिका प्रियंका कार्कीको जन्मदिन, कती बर्षकी भइन् उनी ?

आज नायिका प्रियंका कार्कीको जन्मदिन, कती बर्षकी भइन् उनी ?

नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंका कार्कीले आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन्। उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौंमा भएको थियो ।

सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले थुप्रै हिट चलचित्रमा अभिनय गरिसकेकी छिन्।

नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि एक हुन्। उनले विभिन्न अवार्डहरु हात पारीसकेकी छिन्। प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि प्रेमी आयुष्मान देशराज जोशीसंग दोस्रो विवाह गरेकी थिईन्। त्यसअघि उनले अमेरिमा रहदा बिवाह गरेको केहि बर्षमा नै डिभोर्स गरेकी थिइन् ।

पछिल्लो समय उनि म्युजिक भिडियोहरुमा पनि व्यस्त देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७