मुख्य समाचार

बाल विवाह गरेको भन्दै मण्डपबाटै बेहुला र बेहुलाका बाबु ‘पक्राउ’

बाल विवाह गरेको भन्दै मण्डपबाटै बेहुला र बेहुलाका बाबु ‘पक्राउ’

वीरगन्ज -कानून बमोजिम उमेर नपुगी विवाह गरेको कसुरमा पर्सा प्रहरीले २ जनालाई ‘पक्राउ’ गरेको छ- ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षया किशोरीको उमेर नपुगी विवाह गरेको ‘आरोप’मा प्रहरीले बेहुला र बेहुलाको बुवा समेत गरी २ जनालाई ‘पक्राउ’ गरेको हो । बेहुला समेत १९ वर्षका छन् ।

उमेर नपुगेका किशोर–किशोरीको विवाह हुन लागेको भनेर प्राप्त सूचनाअनुसार खटिएको प्रहरीले बेहुला र बेहुलाको बुवालाई विवाह मण्डपबाटै ‘पक्राउ’ गरेको हो ।

उमेर नपुगेका किशोर-किशोरीको विवाह गराएको भन्दै प्रहरीले बेहुलाका बुवा तथा उमेर नपुगी विवाह गर्ने बेहुलालाई ‘पक्राउ’ गरेको हो ।

वीरगन्ज महानगरपालिका-१६ नगवा घर भएका दुवै जनालाई प’क्राउ गरी बाल विवाहको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार महिला वा पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७