समाचार

यसरी टुंगियो पल र अरुणको विवाद

यसरी टुंगियो पल र अरुणको विवाद

नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो ।

यसैक्रममा मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए । यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए ।

पलले भने–‘अरुणजीले पनि एउटा सेलिब्रिटीमाथि आफूले व्यवहार गर्दा कमजोरी भएको स्विकार गर्नुभयो । यस्तै, मेरा सहयोगी कृष्णप्रसाद जोशीले पनि कमजोरी स्विकार गर्नुभयो । दुबैले कमजोरी स्विकार गरेपछि अब घटनालाई टुंगाएर अघि बढ्ने सहमती भयो ।’ ।

धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई कुट-पिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७