कोरिया बिशेष

कोरियाले १० हजार नेपाली कामदार लग्ने, भाषा परिक्षाको आवेदन खुल्दै

कोरियाले १० हजार नेपाली कामदार लग्ने, भाषा परिक्षाको आवेदन खुल्दै

दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे छ ।

कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीकाे काेटा पाउने भएकाे हाे ।

कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेको बताएको छ ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएकाे हाे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal