समाचार

बाइकमा एक्लै देश चहार्ने हिम्मतवली केटी…

बाइकमा एक्लै देश चहार्ने हिम्मतवली केटी…

एउटी केटी लामालामा यात्रामा एक्लै निस्केको देखेर निर्दोष भावले ‘बाफ रे बाफ… त्यति टाढाबाट एक्लै…’ भनेको सुन्दाचाहिँ उनलाई रमाइलै लाग्छ। धेरैले साहसी भनेर प्रशंसा गर्छन्। पहिलो पटक भेटेकाले मिठो आतिथ्य दिएको, सहयोग गरेको घटना कति छन् कति।

‘सकारात्मक रेस्पोन्स यति धेरै पाउँछु कि, त्यसको तुलनामा नकारात्मकता नगन्य भइदिन्छ,’ उनी भन्छिन्। यात्रामा उनलाई भेट्ने उनकै उमेरका केटीको प्रतिक्रियाचाहिँ कस्तो रहन्छ होला त ?

‘धेरैलाई मजस्तै स्वतन्त्र रुपमा हिँड्डुल गर्न पाए हुन्थ्यो भन्ने हुँदोरहेछ,’ सभ्या भन्छिन्, ‘कतिले तपाईंजस्तै बन्न मन छ भन्छन्।’ तर उनको जवाफ हुन्छ, ‘तपाईं मजस्तै होइन, तपाईंजस्तै बन्नुपर्छ। आफ्नो परिचय आफैंं बनाउनुपर्छ।’

समाजले छोरीलाई सधैं सुरक्षा छा
ताभित्रै राखेर जोगाउने भन्दा पनि बलियो र आँटिलो बनाएर आफैं हिँड्न सक्ने बनाउनुपर्ने उनको सुझाव छ।एक महिनाअघिको झिसमिसेमै पोखराकी सभ्या केसीले आफ्नो ड्युक बाइक पुछपाछ पारिन्, आवश्यक सामान राखेको ब्याकप्याक बोकिन् र एक्लै हुइँकिइन् बिर्तामोडसम्म। एकै दिनमा करिब ७०० किलोमिटर लामो यात्रा गरेकी उनले बिर्तामोडमा साथी भेट्टाइन् र लागिन् इलामतर्फ।
स्नातक अध्ययन गरिरहेकी सभ्यालाई बाइकमा लामो यात्रा गर्न औधी मन पर्छ। नयाँ ठाउँ, नयाँ समाज र संस्कृतिसँग साक्षात्कार गर्दा उनलाई जीवनकै एउटा नयाँ पाटो खुलेझैं लाग्छ। त्यसैले अलिकति फुर्सद पाउनुपर्छ, उनी ब्याकप्याक भिर्छिन् र निस्किन्छिन् नौलो यात्रामा। अरु देशमा कस्तो छ थाहा छैन, तर नेपालमा अलिकति पर पुग्नुपर्छ लवज, भाषा, रहनसहन बेग्लै देखिन्छ,’ सभ्या भन्छिन्, ‘यो नयाँपनले मलाई सधैंं रोमाञ्चित बनाउँछ।’

बाइकमा यात्रा गर्दा बेग्लै अनुभव हुन्छ, जुन बस वा अरु गाडीमा यात्रा गर्दा हुँदैन। उनी भन्छिन्, ‘एक खालको विशेष सुविधा हुन्छ बाइकमा। वरपर हेर्दै हुइँकियो, मन लागेको ठाउँमा रोक्यो।’ उनले आफ्नो यात्राको भिडियो बनाउँछिन् र युट्युबमार्फत सार्वजनिक गर्छिन्। त्यसैले उनी युवामाझ ‘मोटो भ्लगर’ सभ्या राइड्सको नामले चर्चित छन्।

स्याङ्जा, फेदीखोला–१ कुपिन्डेमा जन्मिएकी सभ्याले कक्षा ७ सम्म गाउँकै विद्यालयमा पढेकी हुन्। त्यसपछिको विद्यालय शिक्षा पोखरा र कलेज काठमाडौंमा पढ्दैछिन्। बुवा भारतीय सैनिक, आमा घरव्यवहारमा व्यस्त। बीएससी सीएसआईटी तेस्रो सेमेस्टर पढ्दै गरेकी सभ्यालाई पढाइबाहेक घुमघाम र एडभेन्चरमा रुचि छ। यसमा परिवारको मिठो साथ। यही रुचिले सभ्यालाई ‘मोटो भ्लगर’ बनाएको छ। उनको युट्युब च्यानल ‘सभ्या राइड्स्’ का सब्सक्राइबर एक लाख ८० हजार पुगेका छन्।

सुरुमा सभ्या स्कुटर चढ्थिन्। तर उनको मन भने बाइकमै थियो। तीन वर्षअघिदेखि उनी ड्युक बाइक चढ्न थालिन्। ड्युकमा पोखरा आसपासका स्थान घुमेर ‘भ्लग’ बनाउन थालिन्। त्यसपछि हो, ड्युकमा हुइँकिने ‘मोटो भ्लगर’का रुपमा सभ्याले चर्चा पाएको।उनलाई बाइकमा एक्लै लामो यात्रामा जाने रहर पहिलेदेखि नै थियो। त्यो रहर पूरा गर्ने अवसर जुरायो माउन्टेन ड्युको अडिसनले। दुई वर्षअघि माउन्टेन ड्युले एड्भेन्चरस खेलका लागि अडिसन आह्वान ग-यो। सभ्या बुटवल अडिसनका लागि छानिइन्।

बुटवल जाँदा उनले पोखराबाट, पाल्पा हुँदै जाने छोटो बाटो छाडेर चितवनको बाटो रोजिन्। मोटरसाइकलमा उनको पहिलो लामो यात्रा त्यही थियो। पहिलो दिन चितवन र दोस्रो दिन बुटवल पुगिन्। सभ्या भन्छिन्, ‘पोखराबाट बुटवलसम्मको बाइक यात्रा गरेपछि लाग्यो, अब म जहाँ पनि एक्लै पुग्न सक्छु।’ घरनजिकै केही किलोमिटर यात्रा गरेर भ्लग बनाउने सभ्याले त्यसपछि हो– बाइकमा देश चहार्न थालेको। अडिसन दिएका ३२५ जनामा छानिएर सभ्याले भोटेकोसीमा -याफ्टिङ, बन्जिजम्प, क्यानोइङ, रक कलाम्बिङलगायत सहासिक खेल खेलिन्। यसले उनलाई थप हिम्मत दियो।

गत वर्ष लकडाउन सुरु हुने केही समयअघि मात्र सभ्याले भारतमा ‘मद्रास रेस ट्रयाक एक्सपिरियन्स’मा पनि भाग लिइन्। टीभीएसको प्रायोजनमा भएको उक्त कार्यक्रममा नेपालबाट दुई युवती र ३० युवक छानिएको रेसमा उनले बाइक राइडको थुप्रै अनुभव र शैली सिकिन्।

सभ्यालाई अहिले बाइकको ‘प्रोमोसनल’ भिडियो बनाइदिन विभिन्न कम्पनीले ‘अफर’ गर्छन्। उनले टीभीएस, यामाहा, जाभा, केटिएम ड्युकलगायतका बाइकको प्रोमोसनल काम गरिसकेकी छन्।

‘सहज र निरस यात्रा खासै याद हुँदैन,’ सभ्या भन्छिन्’, ‘थोरै दुःख–अप्ठ्यारो भयो वा रोमाञ्चक भयो भने त्यो सम्झनामा रहिरहन्छ– पछिसम्म ऊर्जा पनि दिन्छ।’

एक महिनाअघि बिर्तामोडको यात्रा गर्दा मिर्मिरेमै घरबाट हिँडेकी उनी झमक्क साँझ नपरुन्जेल कुदिरहिन्। ‘जाडो मौसममा भाइजर र मास्क लगाउँदा बाफिएर केही नदेखिने,’ उनी भन्छिन्, ‘भाइजर खोल्दा आँखामा हुस्सुले सास्ती।’

हाइवेमा एक्लै बत्तिँदा उनलाई अत्यास नलागेको भने होइन। ‘तर, त्यो यात्रा सम्झँदा अहिले झन् रोमाञ्चित हुन्छु,’

उसो त पुस–माघको कठ्यांग्रिँदो चिसोेमा बाइक हुइँकाउने उनकै रोजाइ थियो। जंगलको बीचैबीच यात्रा गर्दा तपतप चुहिने शीत, चिसो हावा, हावामा बेग्लै गन्ध, सडकछेउका बस्तीमा आगो तापिरहेका मानिस,– यस्तो अनुभव र दृश्य गर्मीमा कहाँ पाउनु?

सभ्याले बिर्तामोडको यात्रा सुरु गर्नु केही दिनअघि मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आ क्र मणमा परी मोटरसाइकलमा सवार महिलाको ज्या न गएको थियो। परिवेश खासै थाहा नभएको हाइवेमा एक्लै बत्तिँदा उनलाई अत्यास नलागेको भने होइन। ‘तर, त्यो यात्रा सम्झँदा अहिले झन् रोमाञ्चित हुन्छु,’ सभ्या भन्छिन्।

उनी बाइक कुदाउने काम मात्रै गर्दिनन्। बाइक र हेल्मेटमा जडान गरिएको गोप्रो क्यामराले दृश्य खिचिरहेकी हुन्छिन्, आवाज भरिरहेकी हुन्छिन्। जुन उनी आफैं र उनका दर्शकका लागि झन् रोमाञ्चक भैदिन्छ।

‘यात्रामा बेलाबेला मन आत्तिए पनि अरु अप्ठ्यारो केही भएन तर निकै थाकें,’ पोखरा–बिर्तामोडको यात्रा सम्झिंदै उनी भन्छिन्। थकानको थप कारण थियो– महिना-वारी। बीचबाटोमा उनलाई महिना-वारी भयो। ‘यस्तो बेला असाध्यै पेट दुख्छ, शरीर गल्छ,’ उनी भन्छिन्। तर, पनि उनले बिहान घरबाट राखेको लक्ष्यअनुसार बेलुका बिर्तामोड पुगेरै छोडिन्।

नारायणघाट–मुग्लिन सडक खण्ड उनलाई सबैभन्दा मन पर्छ। अन्य ठाउँको बाटो उनलाई राजमार्गजस्तै लाग्दैन। सभ्या कारण अथ्र्याउँछिन्, ‘नारायणघाट–मुग्लिनको बाटो फराकिलो छ। आवश्यक ट्राफिक चिह्न राखिएको छ।’

केही दिनअघि उनका भारतबाट ‘मोटो भ्लगर’ साथी आएका थिए। बुटवलबाट स्याङ्जा हुँदै पोखरा पुग्दा उनीहरूले सोधे– हामी किन भित्री बाटोबाट हिँडेको? त्यही बाटो राजमार्ग भनेर चिनाउनुपर्दा सभ्यालाई खिन्न लाग्यो।

मस्त केसी/ नेपाल समय

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७