पोखरा- बर्माका २४ वर्षीय अभिनेता, मोडल तथा गायक पेइङ ताखोनका भिक्षु पोशाकको तस्वीर सामाजिक सञ्जालमा भाइल भइरहेको छ। केही समयअघि ताखनले भिक्षुको पोशाकको तस्वीर इन्स्टाग्राम पोस्टमा ‘१० दिनका लागि भिक्षु भएर मेरो नयाँ वर्ष २०२१ खर्च गरे र मैले शान्मिय महसुस गरेँ र आफैंलाई बढी चिनेँ’ भनेर क्याप्सन लेखेपछि अहिले एसियाको सामाजिक सञ्जालमा निकै चर्चा भएको छ।
ताखोनका प्रशंसकहरु रातारात बढ्न थालेका छन्। ताखोनको तस्वीरमा प्रशंसकहरुले “हट भिक्षु” शीर्षक लेख्र्दै आफनो टिकटकको भिडियोमा पोस्ट गरिरहेका छन्। उक्त तस्वीर १२ जनवरी इन्स्टाग्राममा पोस्ट भएदेखि यतिबेला ताखोन इन्टरनेटमा असाध्यै भाइ-रल बनेका छन। उनले भिक्षु पोशाक लगाएर आफनो १० दिन बिताएका थिए, जुन अहिले चर्चाको विषय बनेको छ।
म्यानमारको विभिन्न फिल्म र वृत्तचित्रलगायत नाटक श्रृंखलामा समेत सहभागिता रहेका ताखोनले म्यानमार टाइम्सको १० औँ अभिनेताको शीर्ष स्थानसमेत हासिल गरेका थिए। उनले २०१४ देखि मोडलीङमा प्रवेश गरेका हुन् ।
तस्बिर सामाजिक संजालबाट