मोरङको उर्लाबारीका–५ का प्रवीण बास्तोलाको ह त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजना जेल चलान भएका छन्।
ह त्या आरोपमा पक्राउ परेका बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।
अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई (होटल सञ्चालक) भने तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
घटनामा फरारहरुको खोजी भइरहेको छ। आफ्ना दाजूको न्यायका लागि ल-डिरहेकी सदीक्षा बाँस्तोलाले ल-डाईं निरन्तर जारी राख्दे बताएकी छन्।
गत पस ५ गते बास्तोलाको शंकास्पद अवस्थामा मृत्यु भएको थियो।