समाज

‘पोलियोले खुट्टा लग्यो, आत्मबल र साहस लगेन’

- निशा ओली

‘पोलियोले खुट्टा लग्यो, आत्मबल र साहस लगेन’

केही दिनदेखि फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ । पठाओको लुगा लगाएको एक जना व्यक्तिले ४ पाङ्ग्रे स्कुटरमा प्यासेन्जर बोकेर हिँडिरहेको उक्त तस्विर फेसबुकमा धेरै भन्दा धेरै शेयर भएको छ । त्यो फोटो कसले खिच्यो भन्ने अहिलेसम्म थाहा
भएको छैन ।

धेरैले उनले चालेको कदम सकारात्मक र उनी प्रेरणाको स्रोत भएको भनेर हौसला स्वरूपका प्रतिक्रियाहरू दिए । तर उनी भए ठाउँमा त्यो सकारात्मक प्रतिक्रिया पुग्यो या पुगेन भन्ने कुरा चैँ रहस्यकै गर्भमा रहने देखेर उनको वास्तविकता पत्ता लगाउने योजना बनायाैँ ।

फेसबुकमा भाइरल भएका व्यक्ति हुन् पुनम मिश्र । उनले पठाओमा काम गर्न सुरु गरेको २ वर्ष हुन लाग्यो । नख्खु देखि १ किलोमिटर भित्र उनको एउटा सानो पसल र कोठा छ

यात्रु लिएर हिड्न तयारी अवस्थामा

पठाओसँग उक्त भाइरल व्यक्तिको नम्बर मागेर हामी उनलाई भेट्न जावलाखेल गयौँ । जावलाखेलमा उनले हामीलाई कुरिरहेका थिए । उनीसँग भेट भएपछि वास्तविक अवस्था बुझ्ने हेतुले उनकै निवास नख्खु पुग्यौँ ।

फेसबुकमा भाइरल भएका व्यक्ति हुन् पुनम मिश्र । उनले पठाओमा काम गर्न सुरु गरेको २ वर्ष हुन लाग्यो । नख्खु देखि १ किलोमिटर भित्र उनको एउटा सानो पसल र कोठा छ । जहाँ उनीहरू ३ जना बस्छन् । उनकी श्रीमती पसल चलाउँछिन् भने उनी पठाओ मा काम गर्छन् ।

मिठो बोली र हँसिलो स्वभावका मिश्र पोलियोबाट ग्रस्त भएका हुन् । पोलियोको कारण उनको खुट्टाले काम गर्दैन । उनी खुट्टा खोच्याउँदै स्कुटर भए ठाउँमा आइपुग्छन् र वैशाखीको सहारामा आफ्नो यात्रा गर्छन् ।

मनमा जतिसुकै पीडा भए पनि उनमा काम गर्ने जोस र हिम्मत छ । उनीभित्र पनि दुखका पहाडहरू धेरै छन् । जसलाई चिर्दै उनी अहिले ५३ औँ वसन्तमा हिँडिरहेका छन् ।

एक मात्र सहाराको रूपमा रहेका बुबाले पनि छाडेर हिँडेँ । अब उपचार सम्भव छैन भनेर बुबाले छाडेर हिँडेको उनी बताउँछन् ।

सानैमा आमा बितेपछि बुबाले उपचार गर्न काठमाडौँ ल्याए । त्यो समयमा पोलियोलाई अत्यन्तै जटिल रोगको रूपमा लिने गरिन्थ्यो । पोलियो रोग, पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो यस्ले शरिरका अंगहरु अति शीघ्र लुलो र पक्षाघात बनाउनुको साथै मृत्यु समेत हुनसक्ने हुनाले मानिसहरू यो रोग सँग डराउँथे ।

२ वर्ष सम्म उपचार गराउँदा निको नभएपछि एक मात्र सहाराको रूपमा रहेका बुबाले पनि छाडेर हिँडेँ । अब उपचार सम्भव छैन भनेर बुबाले छाडेर हिँडेको उनी बताउँछन् ।

बुबाले काकाको सहारामा छाडेको भए पनि उपचारको सम्भावना नभएपछि काकाले पनि छाडेर गए । उनको बाल मस्तिष्कले केही कुरा सोच्नै सकेन । पछि उनी धोबिघाटको अनाथ आश्रममा बस्न थाले जहाँ टुहुरा बालबालिकाहरूलाई राख्ने गरिन्थ्यो । उनले औपचारिक शिक्षा, संस्कार र औषधी उपचार त्यही आश्रमबाट पाएको बताए ।

दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस

२२ वर्षको उमेरमा उनी आश्रमबाट निस्किए र बाहिर काम गर्न सुरु गरे । धेरै समय धर्मपुत्र भएर घरको काम गर्न थाले । यो समयमा उनले जीवनलाई नजिकबाट नियाल्न पाए । दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो ।

२२ वर्षको उमेरमा उनी आश्रमबाट निस्किए र बाहिर काम गर्न सुरु गरे । धेरै समय धर्मपुत्र भएर घरको काम गर्न थाले । यो समयमा उनले जीवनलाई नजिकबाट नियाल्न पाए । दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो ।

उनी भन्छन्, ‘हामी सुख सयल चाहन्छौँ, प्रथम हुन चाहन्छौ । यो कुनै नराम्रो कुरा होइन। तर जो कोही व्यक्ति परीक्षा बिना सफल बन्न सक्दैन,सफल बन्न परीक्षा दिनुपर्छ परीक्षा दिनका निम्ति मेहिनत र परिश्रम गर्नुपर्छ । हामी दु:खको खाडलमा पुरिएको महसुस गर्छौ , दु:खको जालोमा फसेझैँ ठान्दछौँ तर सुखलाई हामीले भित्रदेखि नै किन महसुस गर्न सकेका छैनौँ ?

आफूले धेरै दु:ख र सङ्घर्ष गरेर आएकोले सुख महसुस गर्नुपर्छ भन्ने कुरामा उनी जोड दिन्छन् । दु:खसँग साक्षात्कार गर्दै सकारात्मक सोचका साथ उनी अगाडी बढे । काम गर्दै जाँदा आफन्त जस्ता साथी पाए र साथीहरूको सहयोगमा ४० वर्षको उमेरमा उनले बिहे गरे र उनको जीवनले नयाँ मोड लियो ।

उनले आफ्नो रोग बुझ्ने, आफूलाई माया गर्ने र जस्तोसुकै परिस्थितिमा पनि साथ दिने श्रीमती पाए । त्यसपछि उनीहरू २ जना मिलेर सङ्घर्ष सुरु गरे । बिहेपछि उनको श्रीमतीले नै काम गरेर २ जनाको जीविकोपार्जन गरिन् । त्यसपछि दुई जना मिलेर ठेलामा म:म बेच्न थाले तर गरिबीलाई नियम कानुन धेरै लाग्छ । उनीहरूलाई नगरपालिकाले बाटोमा म:म बेच्न दिएन, सटर खोलेर बस्न उनीहरूसँग पैसा थिएन ।

बच्चा सानो हुदाँ लिएको तस्विर जस्लाई उनीहरु बस्ने कोठाको भित्तामा झुन्डा-इएको छ ।

त्यही समयमा उनकी श्रीमती गर्भवती भइन् । दु:खका पहाडहरूले घेर्‍यो । घरमा नै बसेर उनीहरूले मैनबत्ती तथा अगरबत्ती बनाउने काम गरे । गर्भवती श्रीमतीले अफिसहरूमा लगेर बेच्ने काम गरिन् । त्यसपछि उनीहरूले दु:खसुख गरेर पसल खोले । बच्चा जन्मिएदेखि नै रोगी भए, तिन महिनासम्म आइसियुमा राखेर बचाएर घर ल्याए । बच्चा बिरामी भइरहने भएकोले काम गर्नु कि बच्चाको केयर गर्नु ? उनका छोरा समर्पण मिश्र सुस्त मनस्थितिका छन् ।

बच्चा सानो हुदाँ लिएको तस्विर जस्लाई उनीहरु बस्ने कोठाको भित्तामा

एउटा मात्र सन्तानलाई ब्लड क्यान्सर भएको खबर पाएपछि उनीहरूको हालत झन् खराब भयो । ३ वर्ष अस्पतालमा बिताए । कति रात त रोएर नै बित्यो । एक मात्र सन्तानलाई क्यान्सर जस्तो घातक रोग लागेपछि उनीहरू माथि परेको बज्रपात त हामी कल्पना पनि गर्न सक्दैनौँ । विभिन्न सङ्घसंस्थाहरू र साथी भाइहरूको सहयोग र आफूले मेहनत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भएको उनी बताउँछन् । उनको छोरा अहिले क्यान्सर मुक्त भएका छन् तर पनि बाबुआमा छोराको स्वास्थ्यप्रति उनीहरू सचेत छन् । त्यसैले महिनैपिच्छे चेकअपको लागि अस्पताल पुराउँछन् ।

उनी आफ्नो पेसा र पठाओ प्रति सन्तुष्ट देखिए । उनीसँग कुरा गरिरहँदा सकारात्मक सोच हाबी भएको थाहा हुन्छ । पठाओले गर्दा नै आफूले पैसा कमाउने बाटो पाएको भन्दै उनी खुसी देखिन्थे । तर अहिले पठाओको राईडर धेरै भएकोले गर्दा ट्रिप पाउन अलि मुस्किल भएको गुनासो पोखे । उनले दिनमा ३ देखि ८ ओटा सम्म ट्रिप गर्छन् ।

उनले भने, ‘कहिले काहीँ पठाओले कस्टुमरहरुले डिस्काउन्ट दिने रहेछ । मैले एक पटक जाउलाखेल देखि स्वयम्भूको डाँडासम्म पुराउँदा जम्मा ४५ रुपैंया पाए । पछि पठाओले पैसा म्यानेज गर्ने भए नि कहिले कहिले गोजीमा पैसा नभएर पेट्रोल सकिँदा गाह्रो अवस्था आउन सक्छ ।’

आफू अस्वास्थ्य भएको कारणले बिहान १० बजे मात्र घरबाट निस्किने उनी बताउँछन् । उनी भन्छन्, ‘सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो, एक त आफू नै असक्त छु । फेरि आफ्नै ख्याल गरिन भने मेरो छोरा र श्रीमतीको बिजोक हुन्छ । मेरो शरीर अरूको जस्तो सामान्य शरीर हैन, त्यसैले पनि म स्वास्थ्यको ख्याल गर्दै काम गर्छु । जीवन १ पटक मात्र आउँछ । म त मरेर बाँचेको मान्छे हो, र म मैले पाएको पुर्नजिवनसँग कम्प्रमाइज गर्न सक्दिन ।’

हामी होसियार भएर हिँड्नु पर्छ, हाम्रो साथसाथमा हाम्रो कस्टुमरको पनि ख्याल गर्दै हिँड्नुपर्छ भनेर उनी नअत्तालिईकन ड्राइभ गर्ने बताउँछन् । ट्रिप पाउन गाह्रो भएकोले गर्दा सँगै काम गर्ने भाइहरू कहिले कहिले हतोत्साहित हुने गरेको उनी बताउँछन् । उनीसँग आफ्नै स्कुटर छ त्यही स्कुटर लिएर ट्रिपमा निस्कन्छन् । पसलबाट कमाएर बचत गरेको पैसाले उनले स्कुटर किनेका हुन् ।

पठाओसँग निकै सन्तुष्ट रहेका पुनमले अपाङ्गता भएका व्यक्त्तिहरुलाई छुट दिए केही सहज हुने बताए । २० प्रतिशत कमिसनमा अलिकति छुट दिए हामीलाई राहत हुने थियो, अहिले त पठाओ को राईडर धेरै छन् । अपाङ्गता भएका हामी जम्मा ५ जना छौँ, आफूहरूलाई केही राहत दिए झन् हौसला बढ्ने उनले बताए ।

पुनमकी श्रीमती रच्चु मिश्र

उनले पठाओबाट कमाएको पैसा आफू खर्च गर्दैनन् । कमाएको पैसा ल्याएर छोरालाई दिन्छन् र छोरा समर्पणले खुत्रुकेमा बचत गर्छन् । पसलबाट कमाई भएको पैसाले जीविकोपार्जन गरेर पठाओबाट कमाएको पैसा छोराको स्वास्थ्य उपचार र पढाइमा खर्च गर्ने मिश्र दम्पत्ति बताउँछन् ।
‘शिक्षित युग आइसक्दा पनि हाम्रो समाजमा अपाङगता भएका व्यक्त्तिहरुलाई हेर्ने दृष्टिकोण नै अलग छ । विभिन्न स्थानहरूमा गएर उनीहरूलाई पनि शिक्षा र रोजगारको खाँचो छ
उनीहरुले छोरालाई पनि राम्रो संस्कार दिएर हुर्काएका छन् । समर्पण सुस्त मनस्थितिका बालबालिका पढ्ने विद्यालयमा पढ्छन् । उनको दिमाग एकदमै तेज छन् । फुर्सदको समयमा उनी टिकटक बनाउँछन् वा गेम खेलेर बस्छन् ।

पुनम सामाजिक कार्यमा पनि सक्रिय छन् । जाउलाखेल ह्विलचियर बास्केटबल संस्था मार्फत गाउँमा बस्ने अपाङगता भएका व्यक्त्तिहरुको आत्मबल जगाउने काम गर्छन् । हामी सँगको कुराकानीमा उनले भने, ‘शिक्षित युग आइसक्दा पनि हाम्रो समाजमा अपाङगता भएका व्यक्त्तिहरुलाई हेर्ने दृष्टिकोण नै अलग छ । विभिन्न स्थानहरूमा गएर उनीहरूलाई पनि शिक्षा र रोजगारको खाँचो छ भनेर जनचेतना जगाउने कार्य गरेका छौँ । घरमा त्यतिकै बस्दा मानसिक अवस्था कमजोर भएको हुन्छ । त्यो अवस्थाबाट बाहिर निकालेर हामी पनि केही गर्न सक्छौँ है भनेर आफूले आफूलाई चिनाउने काम गर्छौँ ।’

हामी कुनै पनि गन्तव्यमा पुग्नका निम्ति आफ्नो पाइला अगाडि बढाउनु पर्छ । कर्म बिना कुनै गन्तव्य भेटाउन निकै मुस्किल हुने गर्छ । त्यसैले कर्म गर्नु एक सफल जिन्दगीको अस्त्र हो जोकोहीले यो कुरालाई स्वीकार गर्नुपर्छ। दुःखबाट टाढा भाग्न ‌‌‌ हुँदैन। दु:ख भनेको सुख दिने पहिलो बिन्दु हो। जसले आज दुःख गर्न सक्छ, परिश्रम गर्न सक्छ उसैले भोलि सुन्दर जिन्दगी पाउने नै छ। उनले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७