मनोरञ्जन

नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, लाग्यो यस्तो आरोप

नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, लाग्यो यस्तो आरोप

नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दु-र्व्यवहार र कु-टपि-ट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ-क्रमण गरेको प्रधानको दाबी छ ।
साहले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्य-वहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आ-क्रमण गरे ।’

आफूमाथि आक्रमण भएपछि उजु-री गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्र”मण भएपछि उजुरी दिए ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७