राजनीति

प्रचण्ड-माधवले काँग्रेसका पाउँमा सत्ता बुझाउँदा के को विजय उत्सव ?- महेश बस्नेत

प्रचण्ड-माधवले काँग्रेसका पाउँमा सत्ता बुझाउँदा के को विजय उत्सव ?- महेश बस्नेत

काठमाडौं – नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताए ।

काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गदै नेता बस्नेतले भने, ‘बाबुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके, उहाँले भन्नुभयो – अदालतको फैसला आएसँगै उनको रोग निको हुनु भनेको देश बर्बाद गर्ने रोग नै हो । ‘बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने सपना पुरा नहुँदा उब्जिएको मान-सिक रोग थियो,सर्वोच्चको फैसलासँगै उहाँको रोक निको भयो’ बस्नेतको आरोप थियो ।

संसद पुर्नस्थापना भएकोमा कोही खुसी हुनु पर्ने कारण नभएको भन्दै नेता बस्नेतले कम्युनिष्ट सत्ता च्युत गरेर प्रचण्ड र माधवले काँग्रेसको पाउँमा सत्ता बुझाउन लागेको बताए । ‘माधव र प्रचण्ड यत्तिखेर प्रधानमन्त्री तपाइ भन्दै सेर बहादुर देउवा ,बाबुराम भट्टराइ, महन्त ठाकुरका बिन्ती विसाइरहेका छन्, ६५ सिटमा खुम्चेको काग्रेंसलाई किस्तीमा हालेर प्रधानमन्त्री बुझाउदैछन् ’ नेता बस्नेतले भने ।

बैठकमा उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे । बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आ त्मघ ती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।”

पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको उनको भनाइ थियो ।

युवा सङ्घका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको जिकिरसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७