समाचार

भागरथी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा

भागरथी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बल-त्कारपछि ह त्या प्र करणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् ।

तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक क्षेत्रीले दुई जनालाई एक तह पदोन्नति र अन्य ५ अधिकृतलाई नगद पुरस्कार दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । त्यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् ।

उनीहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको भनिएको छ ।

बढुवा गरिएका थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको ह त्या, कञ्चनपुरमा भएको खण्टी भुलको ह त्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको भनिएको छ ।

जवान नरबहादुरले भागरथी, दुई प्रहरीको ह त्यासहित बझाङमा भएको सम्झना विकको बला त्कारपछि ह त्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७