विशेष सामाग्री

एकै रातमा खरानी भएर उराठ बनेको ‘खाडा गाँउ’

- बिस्नप्रसाद न्यौपाने

एकै रातमा खरानी भएर उराठ बनेको ‘खाडा गाँउ’

आईतबार कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नम्बर १ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर पूर्ण रुपमा नष्ट भए। राति करिब १० बजेदेखि स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले न्यौपानेहरूको उद्गमस्थल भनेर चिनिने खाडाका ८७ घर जलेर खरानी नै बने ।

आगो नेपाल प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा सोमबार दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको थियो। आगलागीमा ७ जना स्थानीयवासीसमेत घाइते भएका छन्।

क्षतिको एकीन विवरण मंगलबारसम्म मात्र आउने भएपनि अनुमानित ३ करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको छ। खाडाको गाँउमा २०६२ सालमा पनि आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका थिए।

परम्परागत शैलीम बनेका खरले छाएका घरहरु जलेर नष्ट भएपछि सुन्दर गाउँ उराठ लाग्ने बनेको छ । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal