विचार/व्लग

बिज्ञान कहाँनेर चुक्यो ?

बिज्ञान कहाँनेर चुक्यो ?

पोखरा- पहिला मानिसहरु खुल्ला कुवाँ, पधेराँको पानी पिउँथे र पनि १०० बर्ष बाच्थे, अहिले घर घरमा RO जोडिएको छ, फिल्टर राखिएका छन र पनि ४० बर्षमै बुढौलीले छोएको छ !

पहिले खुल्ला कोलमा पेलेको दुषित तेल खान्थे र पनि भरपुर श्रम गर्न सक्थे ! अहिले डबल फिल्टर, ट्रिपल फिल्टर तेल खान्छन र पनि जवानीमै स्याँ-स्याँ र फ्याँ-फ्याँ गर्छन !

पहिले ढिक्के नुन खान्थे र पनि स्वस्थ थिए, अहिले आयोडिन युक्त नुन संगै प्रेसर लो र हाईको गोली पनि खान्छन !

सिधा सादा सरल जिबन थियो, मान्छेमा अभिमान थिएन स्वाभिमान थियो ! एक अर्का प्रति दया, सहयोग र स्नेहको भावना थियो

पहिले कोईला, निम, बज्रदन्ती ले दाँत चम्काउथे र ८० बर्ष सम्म पनि मजाले चपाउथे ! अहिलेका कोलगेट सुरक्षाले डेन्टिस्टको चक्कर लगाउछन !

पहिले पाँच गाँउमा एक बैध हुन्थ्यो र पनि सबै स्वस्थ हुन्थे आज हर गल्लीमा मेडिकल र डाक्टरहरु छन र पनि १० जनामा ९ जना बिरामी छन !

पहिले ७-८ बच्चा सजिलै जन्माउने आमा ८० बर्ष सम्म पनि घर खेतको काम गर्थिन ! अहिले डाक्टरकै निगरानीमा रहदा रहदै पनि पेट च्यातेर बच्चा पाउँछन !

बैज्ञानिक युगको उपज यहि नै हो भने मेरो लागि त्यही अबैज्ञानिक युग नै ठिक ! बिज्ञान त्यागेर प्रकृतीमै रम्नु ठिक !!

पहिले भेलीका डल्लालाई मिठाइ मानेर कोपर्दै खान्थे, अहिले देखेरै सुगर लेवल बढ्छ ! पहिले माने कटौरामा हालेर घिउ पिउथे र पनि फिट थिए, अहिले चिल्लो रहित खाएर पनि कोलेस्ट्रोल बढ्छ !

सिधा सादा सरल जिबन थियो, मान्छेमा अभिमान थिएन स्वाभिमान थियो ! एक अर्का प्रति दया, सहयोग र स्नेहको भावना थियो ! एक आपसमा सम्मान थियो, चाड पर्वका उत्सवहरु मिलेर मनाउथे हुनेले नहुनेलाई दिएर पर्ब मनाउथे !

अहिले दुनियाभरका समस्याहरु छन, एक अर्कामा तछाँड मछाँड र आडम्वर छ, टुक्रे परिवार छन, आपसी मेलमिलाप स्वार्थमा जोडिएको छ र पनि मुर्खहरुले यसलाई २१ औ शताब्दीको बैज्ञानिक युग भनि ब्याख्या गर्दै छन् ! यदि बैज्ञानिक युगको उपज यहि नै हो भने मेरो लागि त्यही अबैज्ञानिक युग नै ठिक ! बिज्ञान त्यागेर प्रकृतीमै रम्नु ठिक !!

सन्तोष कार्की मौसुफको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७