राजनीति

सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा प्रचण्ड-नेपाल समूहको र्‍याली

सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा प्रचण्ड-नेपाल समूहको र्‍याली

पोखरा – सर्वोच्च अदालतले दिएको संसद पुनःस्थापनाको आदेशलाई स्वागत गर्दै पोखरामा र्याली निकालिएको छ । सर्वोच्च उक्त फैसलाको स्वागत गर्दै प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले र्याली निकालेको हो ।

पृथ्वी चोकबाट शुरु भएको र्याली न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमलाई रोकिदिएको बताए ।

नेता गुरुङले प्रधानमन्त्री ओलीलाई प्रतिगमन गरेकोमा क्षमा याचना गर्दै राजीनामा दिन आग्रह गरे । उनले सर्वोच्चको फैसलापछि पनि विभिन्न तिकडम गर्दै राजीनामा नदिएर सत्ता टिकाउन अर्को जालझेलको तानावाना बुन्ने सपना नदेख्न चेतावनी दिए ।

र्यालीमा सहभागि नेता कार्यकताहरुले न्यायालय हाईहाई, केपी ओली बाईबाई, केपी तिम्रो पाराले, दुःख पाए साराले जस्तानारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७