मनोरञ्जन

बुढानिलकण्ठमा घर बनाउदै पलः भन्छन्- घर बनाएपछि बिहे गर्छु

बुढानिलकण्ठमा घर बनाउदै पलः भन्छन्- घर बनाएपछि बिहे गर्छु

नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे । जहाँ पलले २ वटा टहरा निर्माण गरेका छन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् । लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताए।

पलले केही समय अगाडि आफूले घर किन्न लागेको कुरा चर्चामा थियो । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने– ‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’

पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । ‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’ उनले भने ।

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७