समाचार

हिमानीले दिइन् माफी: पारससँगको तस्बिर राख्दै लेखिन् यस्तो स्टाटस

हिमानीले दिइन् माफी: पारससँगको तस्बिर राख्दै लेखिन् यस्तो स्टाटस

पोखरा- नेपालमै भएपनि पूर्वयुवराज पारस परिवारका साथमा छैनन् । उनी एक्लै वस्दै आएका छन् । तर पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्वयुवराज पारस शाहपनि सहभागी भए ।

पत्नी हिमानीसंग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ । पारसको ब्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो । तर लामो समयपछि पारस र पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरुबीच केही कुराकानी पनि भएको बताइएको छ ।

लामो समयदेखि टाढा रहेका दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा भेट भएको हो । सो बेला परिवारका सबै सदस्य उपस्थित थिए । उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए । श्रीमान पारससंग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिकृया दिएकी छन् । दुई जना भेटिएको खबरसंगै उनीहरुको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

हिमानीले पनि शुभचिन्तकको चाहना अनुरुपकै प्रतिकृया दिएकी छन् । श्रीमान पारससंगको तस्बिर सार्वजनिक गर्दै हिमानीले जिवन प्रतिशोधका लागि प्रेमका लागि हो भन्दै स्टाटस लेखेकी छन् । उनको यो स्टाटसले हिमानीले पारसप्रति माया देखाएको बुझ्न सकिन्छ । उनको यो स्टाटस अहिले निकै भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७