राजनीति

एक गोल पोलमा लागेर फर्केको छ – महेश बस्नेत

एक गोल पोलमा लागेर फर्केको छ – महेश बस्नेत

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला अनपेक्षित भएपनि सम्मान गर्ने बताएका छन् ।

सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु । ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद विघठन गरी निर्वाचनमा गएको प्रक्रिया विघठन गरेको फैसलाले राजनीति १ दशकसम्म अस्थिरता र वि-कृतीतर्फ फ-सेको थियो,’ सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन् ।

अझै पनि राजनीति ओलीके वरिपरी घुम्ने बस्नेतको दाबी छ । उनले ओलीलाई सुझबुझपूर्ण कदम चाल्न पनि सुझाव दिएका छन् । ‘जिम्मेवार नेतृत्वले त्यो कुरा धान दिएर सुझबुझपूर्ण कदम चाल्नुहुनेछ । सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरी आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्केको छ । नयाँ गोल हा-न्ने चान्स तपाईंकै हातमा छ । मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्,’ उनले भनेका छन्।

ओलीको प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणालाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७