राजनीति

संसद पुनःस्थापनापछि गगन थापाले भने- हामी सबैलाई बधाई !

संसद पुनःस्थापनापछि गगन थापाले भने- हामी सबैलाई बधाई !

नेपाली काँग्रेसका नेता गगन कुमार थापाले सबै जनतालाई बधाई दिएका छन् । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेपछि सत्यको जित भयो भन्दै उनले नेपाली जनतालाई बधाई दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनी लेख्छन्- संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।’

अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७