समाचार

सात दिनदेखि एक किशोरी सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

- विमर्श उप्रेती

सात दिनदेखि एक किशोरी सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

पोखरा- झापाको मेचीनगर-९ मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू सात दिनदेखि सम्पर्कबिहिन भएकी छन् ।

स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले भने, ‘११ बजेतिर उनलाई एक अपरिचित व्यक्तिले कल गरेको कुरा उनका साथीहरुले बताएका छन् ।’

आशाका साथीहरुको भनाई उदृत गर्दै उनले भने- ‘फोन गर्ने केटा मान्छे थिए, हामीले चिनेनौँ, उनले आशालाई धुलाबारी मोडतिर बोलाउँदै थिए, त्यसपछि उनी २ बजेतिर सिटी सफारी चढेर गइन् ।’

आशा लिम्बू

मेचीनगर-९ स्थित हरि आधारभूत विद्यालय नजिकै घर भएकी आशा कविशिरोमणि माविको कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । आमा द्रोपदाका अनुसार ती किशोरीको मा-नसिक अवस्था कमजोर रहेको छ । आमा द्रोपदाले भनिन्, ‘उनको बोली तोते छ, जोसुकैसँग छिट्टै घुलमिल हुने बानी छ, ललाइ-फकाई गर्दा जता भन्यो त्यतै हिँड्छिन् ।’

५ फुट २ इञ्च उचाइ भएकी, गहुँ गोरो वणर्की उनले परिवारसँग सम्पर्कविहीन हुनुअघि कालो जिन्स पाइन्ट, कालो जुत्ता, कालो धर्का भएको सेतो टि-सर्ट, गलामा १ तोलाको सुनको सिक्री र कालो धागोले उनेको बुट्टी लगाएकी आमा द्रोपदाको भनाई छ ।

आशाको खोजीका लागि माइती नेपाल काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिइएको बताउँदै दाजु मिलनले खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७