मुख्य समाचार

पोखरामा लागूऔषधसहित ३ जना पक्राउ

पोखरामा लागूऔषधसहित ३ जना पक्राउ

– सुरेश हमाल
पोखरा, फागुन-१०, पोखरामा लागू-औषधसहित तिन जना पक्राउ परेका छन् । यही फागुन ७ गते एक जना र ८ गते २ जना गरी तिन जना लागू-औषधसहित पक्राउ परेका हुन् ।

गत फागुन ८ गते बेलुका करिब ४ बजेको समयमा पोखरा- २ भैरवटोल स्थित वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पोखरा-२ भैरवटोल बस्ने बर्ष २४ को मुक्तान शर्मा लागू-औषध नाईट्रोभ्याट (NITRAVET-10)-२११ ट्यावलेट र मोवाईल थाना-२ सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता /प्र.ना.उ.सुवास हमालले हिमालय दैनिकलाई जानकारी दिए ।

त्यस्तै फागुन ७ गते अन्दाजी साढे ४ बजेको समयमा पोखरा- १८ खपौदी स्थित लागू-औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोटाङ वाकाचोल-९ स्थायी घर भई हाल पोखरा – १८ खपौदी बस्ने बर्ष ३६ को बिर बहादुर तामाङ र पोखरा- १७ घारिपाटन बस्ने बर्ष २९ को अरुण तामाङ लागू-औषध डाईजापाम- १८ एम्पुल, फेनरागन -२४ एम्पुल, नुफ्रिनुर -३१ एम्पुल गरी जम्मा -७३ एम्पुल र मोवाईल थाना-२ सहित पक्राउ परेका छन ।

निजहरूलाई लागू-औषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७