राजनीति

कांग्रेसको उल्टो बुद्धि भएर हिन्दू धर्मको कुरा उठाउदै छ : हरिबोल गजुरेल

कांग्रेसको उल्टो बुद्धि भएर हिन्दू धर्मको कुरा उठाउदै छ :  हरिबोल गजुरेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा स्थायी समिति सदस्य गजुरेलले अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित हुने बताएका हुन् । बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझाव मात्र पेश गरेको जिकिर समेत गरेे ।

फरक प्रसंगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाए । कांग्रेसलाई उल्टो बुद्धि आएको कटाक्ष गर्दै राज्यको नजरमा सबै धर्मको स्तर बराबर रहेको बताउँदै वीपीको छोराले हिन्दूराष्ट्रको कुरा उठाउँदा उनकै क्रेज घटेको जिकिर गर्नुभयो ।

साथै काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको जिकिर पनि गजुरेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal