मनोरञ्जन

फिल्म ‘आप्पा’ : ड्राइभरको रुपमा दयाहाङ राई (भिडियाे)

फिल्म ‘आप्पा’ : ड्राइभरको रुपमा दयाहाङ राई (भिडियाे)

अभिनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘आप्पा’ ‘हावा सरर’ बोलको सर्वजनिक भएको छ ।

अनमोल गुरुङको निर्देशन रहेको आप्पा फिल्मको गीतमा राई ‘ड्राइभर दाई’ को भूमिकामा प्रस्तुत भएका छन् । गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर रहेको छ भने अनमोल गुरुङले संगीत भरेका छन् ।

योज्ना प्रधानले कोरियोग्राफी गरेको यश फिल्ममा दयासँगै निर्देशक तथा कलाकार तुलसी घमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्मलाई रुदेनसदा लेप्चाले निर्माण गरेका हुन् । ‘आप्पा’ मा दया र तुलसीसँगै अरुणा कार्की, सिदार्थराज तामांग, अलोना कवो लेप्चा, रिंकी लगायतको अभिनय छ । फिल्मलाई आगामी बर्षको जेठमा प्रदर्शन गर्ने तयारी गरेको निर्माण युनिटले बताएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal