नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गरेका छन् । उनले प्रचण्डको कडा आलोचना पनि गरे ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टर लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको लीएको कटाक्ष गरेका हुन् ।
उनले भने, ‘उहाँलाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’
उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न प्रचण्ड नेपाललाई चुनौति पनि दिए ।