राजनीति

ओली समूहमा फर्किँदै शेरबहादुर तामाङ दम्पती

ओली समूहमा फर्किँदै शेरबहादुर तामाङ दम्पती

काठमाडौं, ८ फागुन- नेकपा प्रचण्ड-माधव समूहमा रहेका पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किने तयारी गरिरहेकाे बताइएकाे छ ।

प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किने तयारीमा रहेको जनाइएको छ । प्रचण्ड–माधव समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखिएपछि ओली पक्षतर्फ नै फर्कन लागेको बताइन्छ ।

नेपाल कम्युनिस्ट पार्टी दुई भागमा विभाजन भएपछि शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा लागेका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । यसअघि संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ दम्पत्तिले विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७