अन्तर्राष्ट्रिय

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफलाई ७ वर्ष जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफलाई ७ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचार अभियोगमा ७ वर्ष जेल सजाय सुनाइएको छ। पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था नेशनल अकाउन्टिबिलिटी ब्यूरोले आइतबार अल-अजिजिया स्टील मिल्स काण्डमा उनलाई दोषी ठहर गरेको हो !

यो भन्दा पहिले जुलाइ महिनामा शरीफसहित उनकी छोरी र ज्वाइलाई जेल पठाइएको थियो। पछि इस्लामावादको उच्च अदालतले शरीफलाई लगाइएको भष्ट्राचारको मुद्दामा आवश्यक प्रमाण नजुटाएको भन्दै शरीफलाई जेलमुक्तको आदेश दिएको थियो।

त्यो बेला उनलाई १० वर्ष जेल सजाय र १०.५ मिलियन डलर जरिवाना सुनाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal