समाचार

राष्ट्रिय झण्डा ओढाएर भागरथी भट्टको अन्त्येष्टि (भिडियोसहित)

राष्ट्रिय झण्डा ओढाएर भागरथी भट्टको अन्त्येष्टि (भिडियोसहित)

पोखरा- भागरथीको अन्त्येष्टि राष्ट्रिय झण्डा ओढाएर गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ‘शव’ उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको हो ।

मृ’त भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले ‘शव’ बुझेका हुन् भने शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।

भागरथीको शव आजसम्म जिल्ला बैतडीको ‘शवगृह’मा राखिएको थियो । भागरथीको ‘शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७