क-रणीपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श’ब यात्रा शुरु भएको छ ।
भागरथीको मृत्यु भएको १७ औं दिनमा दा’हसं’स्कार गर्न लागिएको हो ।भगरथिको श’ब बैतडी सदरमुकामबाट निकाल्दै गर्दा रुवाबासी चलेको थियो ।यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको ह’त्या मात्रै गरेको बताएपनि पछि भने करणी गरेको पनि स्विकार पनि गरेक छन ।
बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै ब-ला-त्का-रपछि ह’त्या गरेको स्वीकारेका थिए । ब-ला-त्का-र र ह’त्या आफैँले गरेको दिनेशले स्वी’कार गरिसकेपछि भागरथीका घरपरिवारले श’व बुझ्न मानेको हो ।