मनोरञ्जन

२ बर्षदेखि प्रेममा इन्दिरा जोशी, को हुन उनका प्रेमी ?

२ बर्षदेखि प्रेममा इन्दिरा जोशी, को हुन उनका प्रेमी ?

कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।

हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्।

गायिका इन्दिरा जोशीले केही समय अगाडि कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । तरपनि केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् । यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७