मुख्य समाचार

निर्मला पन्तका हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही हुन्छ : आईजीपी खनाल

निर्मला पन्तका हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही हुन्छ : आईजीपी खनाल

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पत्ता लगाउन इमान्दार भएर प्रयन्त जारी राखेको बताएका छन् ।

प्रहरीको अनुसन्धानप्रति विस्वस्त हुन आग्रह गर्दै उनले पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कारबाहीको दायरमा ल्याइ छाड्ने बताए ।

साेमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको छ । गलत जसले गरेको छ उ जतिसुकै शक्तिशाली भएपनि समातिन्छ । प्रहरी माथि शंका नगर्नुस् ।’

साउन १० गते पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको हत्यापछि अभियुक्तलाई पक्राउ गर्न चाैतर्फी दवाव परेपनि प्रहरी सफल हुन सकेको छैन । बरु पछिल्लो समय प्रहरीकै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal