समाचार

इण्डियन आर्मी ‘गोर्खा सैनिक’मा भर्ती खुल्यो (सूचनासहित)

इण्डियन आर्मी ‘गोर्खा सैनिक’मा भर्ती खुल्यो (सूचनासहित)

इण्डियन आर्मी (गोर्खा सैनिक) मा भर्ना खुलेको छ । मंगलबार प्रकाशित सुचना अनुसार नेपालका ७७ वटै जिल्लामा भर्ती शिविर तालिका सार्वजनिक गरिएको छ । न्युनतम शैक्षिक याेग्यता SEE पासले भर्तीकाे लागि आवेदन दिन पाउने सुचनामा उल्लेख छ ।

यस्तै उमेरकाे हकमा १७ बर्ष ६ महिना पुरा भएको र २१ बर्ष क्रस नभएको भनिएको छ । देशका विभिन्न जिल्लामा फागुन २० देखि फागुन २९ सम्म भर्ती छनाैट प्रारम्भिक प्रक्रिया हुने जनाइएको छ ।

इतिहास

नेपालीहरू सुगौली सन्धिपश्चात् ब्रिटिश सेनामा भर्ती हुन थालेको इतिहास छ। सन् १९४७ मा भारत ब्रिटेनको शासनबाट स्वतन्त्र भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भई त्यस अनुसार ब्रिटेन र भारतको सेनामा गोर्खा भर्ती हुने गरेको छ। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिएका थिए। तिनै रेजिमेन्टहरू मिलाएर ब्रिग्रेड अफ गुर्खाज गठन भएको हो।

द्वितीय विश्वयु-द्धका बेला गोर्खा सैनिकको सङ्ख्या सर्वाधिक अर्थात् एक लाख १२ हजार थियो। पहिलो र दोस्रो विश्वयुद्धमा दुई लाख ३० हजार भन्दा बढी गोर्खा सैनिकहरू सहभागी भएको बताइन्छ। त्यसपछि भने उनीहरूको सङ्ख्या घट्यो। अहिले भारतीय गोर्खा सैनिक लगभग एक लाखको हाराहारीमा रहेको छ ।

सुचना हर्नुहोस्..

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७