विचित्र संसार

हराएकी भनिएकी १६ बर्षीय छोरी ज्वाईँसँग फर्किएपछि…

हराएकी भनिएकी १६ बर्षीय छोरी ज्वाईँसँग फर्किएपछि…

पोखरा- अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको डुर्णकोट्टा धाराबाट बेपत्ता भएकी एक किशोरीले बिहे गरेको अवस्थामा भेटिएकी छन् ।

आईतबारदेखि बेपत्ता भएकी सितापुरको डुर्णकोट्टाका टेकराज घिमिरे (बाबुराम) की छोरी १६ वर्षिया गिता घिमिरेलाई सितापुर झिर्‍रा तल्लापधेराका २१ बर्षका प्रकाश क्षेत्रीले भगाएर कपिलवस्तुको बनगाईमा लगेर बिहे गरेका हुन् । उनिहरुले बिहे गरेको फोटो फेसबूकमा पनि पोस्ट गरेका छन् । गिताले आफुले बिहे गरेको भनी आफ्ना परिवारलाई जानकारी गराएकी थिईन् ।

नेपालको कानुन अनुसार १६ वर्षमा बिहे गर्न पाईदैन । साथै प्रहरीले सो आ’रोपमा उनलाई पक्राउ गर्ने बताएको छ । गिता आईताबाटदेखि बेपत्ता भएकी थिईन् ।

उता परिवारले उनी आफ्नै घरबाट हराइएकी तथा छरछिमेकी, नातेदार, साथी लगायत सबैका घरमा खोजी गर्दा पनि फेला नपारेको बताएको थियो ।अर्घाखाँचीमा पछिल्लो समय बेपत्ता हुनेको संख्या बढेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७