श्वेता श्री फाउन्डेसनमार्फत बनाइएको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारामा रहेको माझी बस्तीको बारेमा विभिन्न टिकाटिप्पणी आइरहेको बेला त्यहाँको अवस्था कस्तो छ भनेर हामी स्थलगत रिपोर्टिङ्गमा पुगेका छौं ।
सरकारले उपलव्ध गराएको ३ लाख र लक्ष्मी बैंकमा घरजग्गा धितो राखेर निकालेको ४ लाख गरी प्रतिपरिवारले ७ लाख रुपैंयाको लागतमा उक्त घर निर्माण
केही समयअगाडी अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माझी बस्तीको लागि आर्थिक सहयोग गरेका व्यक्तिहरुले कबुल गरेजति रकम नदिएको भन्दै गुनासो पोखेकी थिइन् । तर हामी त्यहाँ पुग्दा भने अर्कै पीडा देखियो ।
नेपाल सरकारले उपलव्ध गराएको ३ लाख र लक्ष्मी बैंकमा घरजग्गा धितो राखेर निकालेको ४ लाख गरी प्रतिपरिवारले ७ लाख रुपैंयाको लागतमा उक्त घर निर्माण गरेको पाइयो ।
बिहान बेलुका छाक टार्न मुस्किन पर्ने माझि बस्तीका बासिन्दाहरुले बैंकको ऋण तिर्नको लागि मासिक ७ हजार रुपैंया किस्ता तिर्नुपर्ने रहेछ । श्वेता खड्काले बनाएको भनिएतापनि उक्त माझि बस्तीका व्यक्तिहरु श्वेताले बनाएको स्वीकार्दैनन् ।
पहिला श्वेताले नै पैसा दिने भनेर घर बनाएको तर अहिले आएर बैंकको ऋणले तनावमा रहेको उनिहरूको भनाइ छ ।
कस्तो छ त माझि बस्ती त्यहाँका दु:ख पीडा र स्थानीयहरुको आक्रोश हेर्नुहोस भिडियोमा