धर्म/ संस्कृति

घरमा यी ६ चिज राख्नाले, कहिल्यै हुँदैन धनको कमी !

- ज्यो सुरेश चन्द्र रिजाल

घरमा यी ६ चिज राख्नाले, कहिल्यै हुँदैन धनको कमी !

अधिकाशं परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।

यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । यी ६ कुरा घरमा राख्दा धनको अभाव हुँदैन ।

– माटोको घडा

घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

– घरको दक्षिणमा हनुमानको प्रतिमा

पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

– घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ ।

– घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

– घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

– वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७