राजनीति

कस्तो संयोग ! बिहेको ११ औं एनिभर्सरीका दिन पक्राउ परिन् झाँक्री

कस्तो संयोग ! बिहेको ११ औं एनिभर्सरीका दिन पक्राउ परिन् झाँक्री

नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् ।

झाँक्रीको जीवनमा आज एक संयोग परेको छ । आज उनको बिहेको एनिभर्सरी हो । उनको बिहे भएको आज ११ वर्ष पूरा भएको छ ।

उनलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केही समय तनाव भएको थियो । प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोज्दा रामकुमारीका समर्थक जम्मा भएर नाराबाजी गर्न थालेपछि तनावको स्थिति सृजना भएको थियो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर नाराबाजी गरेका थिए ।

केही समयअघि झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै राज्यलाई पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । झाँक्रीले आफूलाई पक्राउ गर्न प्रहरी आएकोबारे उनले तानाशाह ढल्ने बेला भएकोले आफूलाई पक्राउ गर्न खोजिएको टिप्पणी गरेकी थिइन् ।

प्रहरी आफूलाई पक्राउ गर्न आउनु प्रधानमन्त्री र राष्ट्रपतिको दबाबका कारण भएको उनले बताएकी थिइन् । उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको बताएकी थिइन् ।

आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हानी नपुग्ने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७